नियम २०४
बेरुजु फछ्र्यौट गर्ने वा गराउने उत्तरदायित्व
(१) लेखापरीक्षणबाट कायम भएका बेरुजुका प्रमाण पेश गरी वा नियमित गरी वा गराई वा असूल उपर गरी फछ्र्यौट गर्ने दायित्व अधिकार प्राप्त अधिकारीको हुनेछ ।
(२) बेरुजु फछ्र्यौट गर्ने दायित्व भएको अधिकार प्राप्त अधिकारी वा कर्मचारी सरुवा बढुवा वा अवकाश भै कार्यालय छाड्नु पर्दा निजले फछ्र्यौट हुन बा“की रहेको बेरुजु लगत तथा कारोवारसम्बन्धी कारबाहीको सम्पूर्ण विवरण खोली हालवालालाई बुझाउनु पर्नेछ । हालवालाले पनि उपर्युक्त बमोजिम बुझी लिई प्राथमिकताका साथ बेरुजु फछ्र्यौट गर्नु वा गराउनु पर्नेछ ।